विश्वमै प्रख्यात फेसन म्यागजिन भोगको कभरमा नेपाली सुपरमोडल अञ्जली लामा
काठमाडौं । नेपाली सुपरमोडल अञ्जली लामाले विश्वचर्चित फेसन म्यागजिन भोगको कभर पृष्ठमा स्थान लिन सफल भएकी छन् ।
उनी ‘फेसनको बाइबल’ समेत मानिने भोगको कभरमा स्थान पाउने दोस्रो नेपाली हुन् । यसअघि नेपालबाट फेसन डिजाइनर प्रबल गुरुङले भोगको कभरमा स्थान पाएका थिए । अगस्ट महिनामा भोगको भारतीय संस्करणको कभरमा अञ्जली रहेकी छन् ।
अल्पसंख्यक लैंगिक समुदायको प्रतिनिधित्व गर्दै मोडलिङमा होमिएकी अञ्जलीले न्युयोर्क फेसन विकमा र्याम्प वक गर्छिन् । त्यस्तै, उनी हालै छायांकन सम्पन्न एक बलिउड(हलिउड संयुक्त लगानीको फिल्ममा पनि देखिएकी छन् । उनले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग स्क्रिन सेयर गरेकी छन् । ‘लामाको व्यक्तिगत र व्यावसायिक यात्राको कथा विश्वले थाहा पाउनु जरुरी छ,’ भगको कभरस्टोरीमा क्ओल चु लेख्छिन् ।
‘मलाई थाहा छ कि अल्पसंख्यक लैंगिक समुदायबारेमा चेतना फैलाउन फेसनले उत्कृष्ट माध्यमको रुपमा काम गर्न सक्छ,’ भगसँग अञ्जलीले भनेकी छन्, ‘म फेसनमार्फत आफ्नो पहिचान बताउन सक्छु । यसैमार्फत नाम कमाएकी छु । मिडियाले वार्तालाप सुरु गर्छ र सामाजिक मूल्यमान्यता र विचारलाई आकार दिन ठूलो शक्ति राख्छ ।’