एजेन्सी । स्विडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इङ्ग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । सेफिल्डमा मंगलबार राति इङ्ग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक९एक गोल गरे । पहिलो हाफमा १ गोल गरेको इङ्ग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।
इङ्ग्ल्यान्ड महिला युरोको इतिहासमा तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि इङ्ग्ल्यान्ड सुरुवाती संस्करण सन् १९८४ र नवौं संस्करण २००९ मा फाइनलमा प्रवेश गरेको थियो । यद्यपि उपाधि भने हात पार्न सकेको छैन । अब, इङ्ग्ल्यान्डको उपाधिको लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।