काठमाडौं । सिभिल बैंकले इलाम जिल्ला, सूर्योदय नगरपालिका, वडा नं १०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेकी थिइन् । उक्त उद्घाटन समारोहमा प्रमुख अतिथि चित्रकला बराइली, सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्तिहरु, मिडियाकर्मीहरु तथा सर्वसाधरणको सहभागीता थियो ।
त्यस्तै, अब यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन् । सिभिल बैंकले ७ लाखभन्दा बढी ग्राहकलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको छ । साथै, ९९ एटीएम रहेको यस बैंकको नयाँ एक्सटेन्सन काउन्टरसहित एक्सटेन्सन काउन्टरको कुल संख्या १३ पुगेको छ ।
गत असार मसान्तसम्म बैंकले ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।