काठमाडौं । नेपाल-बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयूक्त बैठक काठमाडौंमा सुरु भएको छ ।
झन्डै १५ वर्षपछि नेपाल र बंगलादेशबीच जलस्रोत समितिको सचिवस्तरीय संयूक्त बैठक बसेको हो । अघिल्लो बैठक सन् २००८ को फेब्रुअरी २६ देखि २९ सम्म भएको थियो । दुई दिन चल्ने बैठकमा जलस्रोतको उपयोग तथा बाढी नियन्त्रण सम्बन्धी मुख्य एजेण्डामा छलफल हुने बताइएको छ । बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर राई तथा बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले नेतृत्व गरेका छन् ।
बैठकमा जलवायु परिवर्तनको मुद्दा एवम् जल तथा मौसम सम्बन्धी तथ्यांकहरूको आदान–प्रदानका विषयमा पनि छलफल हुने जनाइएको छ ।