काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट अनुसार ६५ करोडको लगानीमा फोहोरमैला व्यवस्थापन गर्ने आधुनिक उद्योग खोल्ने जनाएको छ ।
महानगरले फोहोरलाई मल बनाउन कच्चा पदार्थ खरिद तथा व्यवस्थापनका गर्न २५ करोड खर्चिने निर्णय गरेको हो । साथै, फोहोरमैला व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ खर्च हुनेछ । महानगरले आन्तरिक स्रोतबाट खर्च गर्ने गरी डोजर, लोडर र गाडी भाडाका लागि बजेट विनियोजन गरेको हो ।
फोहोर बोक्ने गाडी धुने वासिङ सेन्टर निर्माण गर्न पनि १ करोड बजेट छुट्टयाइएको छ । त्यस्तै, महानगरले कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन सहुलियतमा कम्पोष्ट विन वितरण गर्न ४० लाख रुपैयाँ बजेट छुट्टाएको छ ।