काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५ हजार २५ नमुना परीक्षण गरेको जनाएको छ । सोही अवधिमा थप २ जनाको मृत्यु भएको छ ।
हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९६२ रहेको छ ।