काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आईएमई बैंक लिमटेडले ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको जनाएको छ ।
यस वर्ष बैंकले ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत विभिन्न सामुदायिक विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले छात्रवृत्ति पाएका छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि हरेक वर्ष छात्रवृत्ति दिनेछ ।
बैंकले महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि भई आर्थिक रुपमा सबल बनाउ सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम सञ्चालन भएको जनाएको छ । बैंकले सो कार्यक्रमले आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्रालाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने पनि विश्वास गरेको छ ।
बैंकले छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिंदै सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ३५ छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै जानेसमेत जानकारी दिएको छ ।