काठमाडौँ । अमेरिकी डलरको भाउ आज स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ शनिबारकै कायम रहेको जनाएको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा छ।
यस्तै युरो एकको खरिद दर पनि स्थिर रहेको छ । जसको खरिद दर १२९ रुपैयाँ ४० पैसा र बिक्री दर १३० रुपैयाँ ०२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४३ पैसा र बिक्री दर १५४ रुपैयाँ १६ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?