काठमाडौं । सत्तापक्षले हचुवाको भरमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथि महाअभियोग प्रस्ताव लगाएको नेकपा (एमाले) की सांसद निरुदेवी पालले बताएकी छन् । आजको प्रतिनिधि सभा बैठकमा महाअभियोगको प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सांसद पालले सत्तापक्षले आफूहरुसँग महाअभियोग पारित गर्न दुई तिहाई छैन भन्ने थाहा हुँदाहुँदै प्रस्ताव ल्याएको बताएकी हुन् ।
उनले हालसम्म महाअभियोगको प्रस्ताव किनारा नलगाउनुको कारण जनतालाई जानकारी गराउन माग गरिन् । उनले सत्ता पक्षलाई हामीसँग दुई तिहाई नभएको र थाहा हुँदाहुँदै हचुवाको भरमा जबरामाथि महाअभियोग किन र के को लागि लगाइएको थियो र किन हालसम्म किनारा लगाइएन भन्नेकुरामा तथ्य र तर्कसहित सदन र सदनमार्फत आम जनतालाई जानकारी गराउन जोडदार माग गरेकी छन् ।