नेपाल सरकारले आन्दोलनरत मधेसी र थारुसँग बार्ता गर्न बार्ता टोली गठन गरेको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा गठित सरकारी बार्ता टोलीमा कानून मन्त्री अग्नी खरेल, सामान्य प्रशासन मन्त्री रेखा थापा र विनाविभागिय मन्त्री रामजनम चौधरी रहेका छन ।
मन्त्री सोम प्रसाद पाण्डेले बार्ता टोलीमा काग्रेसको तर्फबाट पनि प्रतिनिधि सहभागि गराउने पहल गर्ने निर्णय बैठकले गरेको छ ।
त्यसैगरी बैठकमा परारष्ट्रमन्त्रीले आफ्नो भारत भ्रमणको विषयमा भएको कुराकानी ब्रिफिङ गरेका थिए ।
जसमा उनले भारतले रक्सौलबाहेक अरु नाकाबाट आपूर्ति सहज बनाउने विषयमा भारत सकारात्मक रहेको जानकारी दिएका थिए ।
त्यसैगरी बैठकले चालिस प्रतिसत कैद भुक्तान गरेका कैदी बन्दीहरुलाई रिहा गर्ने र कैदी बन्दीको उमेर हद ५ वर्ष घटाएर ६५ वर्ष कायम गर्ने निर्णय पनि गरेको छ ।
आन्दोलनरत समूहसँग बार्ता गर्न टोली गठन
आन्दोलनरत समूहसँग बार्ता गर्न टोली गठन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु