काठमाडौं । कुनै अवरोध नभए अब दैनिक ३ सय ५० वटासम्म फोहर बोकेका गाडी बञ्चरेडाँडा पुग्ने काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बताएका छन् । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले फोहर बोकेका १ सय ५२ गाडी बञ्चरेडाँडा पुगेको र अब दैनिक ३ सय ५० पुग्ने बताएका छन् । उनका अनुसार कुनै अवरोध नभएमा दैनिक २ सय ५० देखि ३ सय ५० गाडी फोहर बोकेर बञ्चरेडाँडा पुग्नेछन् । शनिबार बेलुका १ सय ५२ वटा गाडी फोहर बोकेर बञ्चरेडाँडा पुगेका हुन् ।
काठमाण्डौबाट दैनिक ७५ गाडी फोहर निस्कन्छ भने त्यति नै मात्रामा विभिन्न पालिकाबाट पनि फोहर जम्मा हुने गरेको मेयर शाहले बताए । तर नियमित फोहर उठ्न नसकेको र फोहरले काठमाण्डौको सडक दुर्गन्धित बनेको उनको भनाई छ । पानी परेर बगेको ढलले फोहर छरपस्ट पारेको छ । तर नियमित रुपमा फोहर उठाउन र बञ्चरेडाँडासम्म पुर्याउन केही दिन लाग्ने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।