काठमाडौं । रुपन्देही, दाङ र सुनसरीमा डुबेर तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका –९ भलुहीस्थित भलुही खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी (पश्चिम) सुनवल नगरपालिका –७ अस्नैया बस्ने ४० वर्षीय भिम चौधरी छन् । उनको शनिबार मृत्यु भएको हो ।
दाङको लमही नगरपालिका – ६ बेल्दमारस्थित अर्जुन खोलामा साथीहरुसँग नुहाउने क्रममा डुबेर घोराही उपमहानगरपालिका–२ बुका बस्ने २६ वर्षीय निराजन पोख्रेलको शनिबार मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका – १ चतरास्थित झुम्का चतरा नहरमा डुबेर सोही नगरपालिका – १ पुर्नबास बस्ने ५४ वर्षीय बिनोद कुमार काफ्लेको शनिबार मृत्यु भएको छ ।