यस पालीको दशैंमा अत्यन्तै खुसी हुनु पर्ने कारण यस्तो छ – जानकारी केन्द्र
नेपाली हरूले माहान चाड दशैं यो वर्षको भन्दा हर्ष उल्लासका साथ साँच्चैनै दशैं नेपालीको हो र दशैं नेपालीकै लागी हो भन्ने बुझेर कहिलै मनाएनन दशैंका नाममा अाफ्नो अाैकात भन्दा माथि गएर देखावटी लाइ एकअापसमा प्रतिशपर्दामा लैजानुलाइनै दशैं मानिन्थ्यो । दशैं भन्नलाइ खुसियाली भनिन्छ तर क्षणिक खुसियाली सँगै लामो समय सम्मलाइ पिंडा दिएर जान्छ दशैंले हरेक वर्ष भोगिन्छ र हरेक वर्ष विर्सन्छ दशैंको पिंडा । तै पनि दशैको अर्थ हाम्रो बुझाइमा अाफुलाइ विर्षिएर जो अाफु जस्तै पिडित छ उ सँग प्रतिशपर्दा गर्नु नै दशै थियो र जो अलिकति अाफुलाइ हुने खाने वर्ग भन्न रूचाउछन उनिहरूको बुझाइमा अाफुले तल्लो स्तरका भन्न रूचाउने हरूका लागि अाफ्नो देखावटि हैसियत देखाउने माध्यम थियो दशैं तर यो वर्षको दशैले हामि नेपालीलाइ गतिलै पाठ सिकाएको छ देखाएको छ र वाक्यमा हैन व्यवाहारमै भनेको छ दशै नेपालीहरूकाे हो र दशै नेपाली हरूकै लागी हो । यो वर्षको दशैं भन्दैछ दशैंको अर्थ अापसमा भिडेर हैन मिलेर मनाउनु थियो खुसि अरूले दिएको देखावटी भाैतिक वस्तुमा हैन अाफ्नै मनमा हुनुपर्ने थियो । जुन सुकै जस्तो सुकै वर्गको नेपाली भए पनी उ नेपाली नै हो र नेपालको हैसियत भन्दा माथि जान खोज्यो भने मानसिक रूपमा उनै बढि पिडित हुन पुग्छ किनकि उसले देखावटिका नाममा अाफ्नो हैसियत भन्दा बढि अाशा गरेको हुन्छ र बढि नै सुबिधा भोगि बन्न सिकेको हुन्छ त्यसैले यो खुसीको समयमा पनि उसको खुसि अरूले दिने गरेको भाैतिक खुसिमा भर पर्ने भएकोले उ मन देखि खुसी हुनै सक्दैन र जसले साच्चै नै दशैं लाइ अाफ्नै मनको खुसीको रूपमा लिएको छ अाफ्नै हैसियतमा मनाउन सिकेको उ अघि पनि खुसी थियो अाज पनि खुसी नै छ किनकि उसलाइ अरूले केहि भन्छन कि भन्ने लाग्दैन भनि गए पनि मतलव राख्दैन किनकि उसलाइ भन्ने पनि नेपाली नै हो उसले देखाउनु पर्ने पनि नेपालिलाइ नै हो र उसलाइ राम्ररी थाहा छ नेपालीको हैसियत यदि उसलाइ कसैले गिज्याछ जस्तो लाग्छ भने उ संग गतिलो जवाफ छ तिमि नेपालि हाै ।
यस पालिको दशै भन्दै छ क्षणिक प्रलोभनमा पारेर सुविधा भोगि बनाइ दिए पछीको पिंडा हो यो । यो पिंडा सुविधा भोगि भएर बाच्ने वातावरणको सृजना गरी दिए पछिको हो बेलैमा देखावटिका नाममा सुविधा भोगी हुनु भन्दा अाफु संग भएकै स्रोत साधनको उपभोग गरेर अात्मनिर्भर हुन सिकेको भए त्यहि अनुसारको वातावरणमा अघाडि बड्ने थियाै अरूको भरमा अघि बड्न नखोजिएको भए सायद कसैको पनि दशै खल्लो हुने थिएन । त्यसैले दशैं भन्दै छ क्षणिक दुख सहेर पनि दिर्घकालिन सुख पाउने बाटोमा सबै नेपाली लागाैं क्षणिक प्रलोभनमा परेर भविश्य अन्धकार नबनोस सिमित व्यत्तिका सिमित स्वार्थ पुरा गर्न हैसियत भन्दा बढि सुविधाभोगि नभैदिउ अरूले दिएका सुबिधा अाफ्नै नठानाैं प्रयाेग त गराै तर भर नपराैं नेपालीले मनाउन सक्ने दशैं यहि हो, यो साँच्चैनै नेपालीको दशैं हो , यसमै रमाउन सिकाैं अब अाउने दशैं हरू नेपालिले नेपालीकै लागी अझ रमाइलो गरी मनाउन सक्ने बनाैं बिजया दशमीको अवशरमा सबैलाइ जानकारी केन्द्र डटकमको तर्फ बाट हार्दिक मंगलमय शुभकामना