काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकहरुलाई निशुल्क सिआस्बा सेवा प्रदान गर्ने भएको छ। बैंकले भदौ १ गते देखि लागु हुने गरी सेयर आवेदनमा लिईदै आएको सबै शुल्कलाई खारेज गरेको छ। यस अघि २० रुपैयाँ सिआस्वा लिँदै आइरहेको बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत कुनै पनि शूल्क लिने छैन। अब कुमारी बैंकमा खाता हुनेहरुले प्राथमिक सेयर, हकप्रद सेयर लगाएताका कुनै पनि उपकरणहरुमा आवेदन गर्दा कुनैपनि शूल्क लाग्ने छैन ।
पछिल्लो समय पूँजीबजारमा जनताको बढ्दो आकर्षलाई मध्यनजर गर्दै सिआस्बा शुल्क निशूल्क गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।