काठमाडौं । नेपाल नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सि–आश्वा शुल्क घटाउने भएको छ । आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि–आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको छ । अब आईपीओ लगायतका सार्वजनिक निष्काशनमा धेरैमा ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा छलफल भएको ५ र सोही अनुसार निर्णय भएर चाँडै कार्यान्वयनमा जानेछ ।
अधिकतम शुल्क ५ रूपैयाँ तोकिएको भए पनि त्यसभन्दा कम लिन सक्ने पनि उक्त प्रस्तावमा उल्लेख गरिएको छ । जसमध्ये १ रूपैयाँ सार्वजनिक निष्काशन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकले पाउनेछ । त्यसैगरि १ रूपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले लिनेछ । हाल सार्वजनिक निष्कासनमा बोर्डबाट सि–आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १सय रूपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।