काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले अर्को जित हात पारेको छ । शनिबार भएको खेलमा साउथ ह्याम्पटनलाई १–० गोल अन्तरले हराएको हो । पछिल्लो समय खराब लयमा रहेको युनाइटेडले सोमबार मात्र ओल्ड ट्राफर्डमा लिभरपुरमाथि जित हात पारेको थियो ।
शनिबार भएको अवे खेलमा ब्रुनो फर्नान्डेजले गोल गरे । पहिलो हाफ गोलसहित बराबरीमा रोकिएको भ्रमणकारी टोलीका लागि फर्नान्डेजले दोस्रो हाफको १०औं मिनेटमा गोल गरेका थिए । खेलको अन्तिममा कारिमेरोले डेब्यू गरेका थिए । उनी हालै मात्र रियल मड्रिड छाडेर युनाइटेड आएका थिए ।