काठमाडौं । कोरोना भाइरस ( कोभिड(१९ )को संक्रमण र लकडाउनको मौका छोप्दै नेकपा (एमाले) नेता हेमराज घिसिङले सरकारी जग्गा हडपेको खुल्न आएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला करिडोर देवीनगरस्थित आधा रोपनी बढी जग्गा एमाले नेता हेमराज घिसिङ र भूमाफिया इन्द्र कुमार चाम्लिङले हडपेको खुल्न आएको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १० का अनुसार एमाले नेता घिसिङले काठमाडौं महानगरपालिका वडा नम्बर १० सिट नम्बर १०२(११०६(२२ को कित्ता नम्बर ६६ र १०७ मा पर्ने सरकारीरसार्वजनिक जग्गा हडपेर घररटहरा बनाएका छन् । उनले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको मौका छोप्दै उक्त सरकारीरसार्वजनिक कित्ता उल्लेख जग्गामा ४ तले पक्की घर बनाएको वडा कार्यालयले जनाएको छ ।
सिन्धुली जिल्लाको पूर्व जिल्ला विकास समिति उपसभापति समेत रहेका एमाले नेता घिसिङले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश पहाडी र एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख समेत रहेका योगेश भट्टराईको संरक्षणमा सरकारी जग्गामा संरचना बनाएको जानकारहरू बताउँछन् । सिन्धुलीबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित पहाडी सामान्य प्रशासनमन्त्री भएको बेला पहाडीले उनकै आडमा सरकारी जग्गामा संरचना बनाउने आँट गरेका हुन् । उनी योगेश भट्टराईका विश्वासपात्र हुन् ।
पहाडीले घिसिङलाई संरक्षण गरेका कारण लकडाउनमै उनले कित्ता नम्बर ६६ र १०७ मा रहेको सार्वजनिक जग्गा हडपेर संरचना बनाएको खुल्न आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सरकारी किटान गरेको उक्त जग्गामा एमाले नेता घिसिङले घर बनाएर भाडा खाइरहेका छन् ।
एमाले पार्टीबाट टिकट लिएर सिन्धुलीबाट चुनाव लड्न लागेका घिसिङले आफ्नो जग्गा हुँदाहुँदै सरकारी जग्गा हडपेका हुन् । मधेश प्रदेशका पूर्व प्रमुख डा। राजेश झा अहिराजलाई समेत नापीको फिल्डबुकमा धोबीखोला उल्लेख भएको जग्गा बेच्न सफल घिसिङले सरकारी जग्गा मै संरचना बनाएको देखिन्छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले सरकारी जग्गा हडपेर घर बनाउने एमाले नेता घिसिङलाई सप्रमाण उपस्थित हुन पत्र काटिसकेका छन् ।