काठमाडौं । त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ। आज बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो । नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै आज बिहान १० बजे नेविसंघले राष्ट्रपतिको पुत्ला दहन गर्न खोजेको थियो। सोहि क्रममा प्रहरीले हस्तक्षेप गरेपछि नेविसंघले ढुंगा प्रहारमा उत्रेको हो ।
नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि सोही ढुंगा टिपेर क्याम्पसभित्र रहेका नेविसंघलाई प्रहार गरेको थियो। दुवै पक्षबीचको ढुंगा हानाहानमा उक्त क्षेत्र तनावग्रस्त बनेको छ । त्रिचन्द्र क्याम्पस हुँदै सञ्चालन हुने सवारी आवागमन पूर्णरुपमा निषेध गरिएको छ ।