सर्लाही । सर्लाहीको लालबन्दीबाट एक जनालाई लागुऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका ५ का घन बहादुर सार्कीको घरमा डेरा गरि बस्ने एक जनालाई ५ किलो गाँजा सहित पक्राउ गरिएको ईलाका प्रहरी कयार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले जानकारी दिए ।
लालबन्दी नगरपाकिला ५ का सार्कीको घरमा डेरा गरी बसेका आफ्ना साथी दिलिप साहको कोठामा मलगंवा नगरपालिका ९ का ४९ वर्षीय वीरेन्द्र चौधरीलाई लागूऔषध गाँजा ५ किलो सहित पक्राउ गरिएको प्रहरी निरिक्षक कार्कीले बताए । ईलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार चौधरीलाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कारवाही प्रकृया अगाडि बढाईएको छ ।