काठमाडौं । तार्केश्वर नगरपालिका – ९ मनमैजुस्थित सडकमा बा.६३ प ६४६२ नम्बरको मोटरसाइकल आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन, नखुलेका करिब १९ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको छ । उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनको ग्रीनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा प्र २-०२-००३ प ५८०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।