नेपाल टेलिकमले यही कार्तिक १ गतेदेखि अर्थात् आजदेखि IVR १४१२ मार्फत CRBT र CS system बाट कम्पनीका विभिन्न सेवाहरुको महसुल भुक्तानी तथा रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ।
यस नयाँ व्यवस्था अनुसार IVR (Interactive Voice Response) १४१२ मार्फत Third Party Recharge Service कम्पनीको NT Recharge Card मार्फत निम्न बमोजिमका सेवाहरुको लागि उपलब्ध गराइएको छ कम्पनीले बताएकाे छ।
१. पि एस टि एन महसुल भुक्तानी (PSTN Bill Payment)
२. ए डि एस एल रिचार्ज (ADSL Recharge)
३. जि एस एम पोष्टपेड महसुल भुक्तानी (GSM Post paid Bill payment)
४. जि एस एम प्रिपेड टप अप (GSM Prepaid Top Up)
५. सि डि एम ए प्रिपेड टप अप (CDMA Prepaid Top Up)
६. सि डि एम ए पोष्टपेड महसुल भुक्तानी (CDMA Postpaid Bill Payment)
७. वाइम्याक्स रिचार्ज (WiMAX Recharge)
Namaste Recharge कार्ड प्रयोग गरी १४१३ मार्फत PSTN सेवाको विल भुक्तानी, जि एस एम पोष्टपेड सेवाको रिचार्ज तथा बिल भुक्तानी र ए डि एस एल सेवाको महसुल भुक्तानी गर्ने सेवा यथावत रहेको पनि कम्पनीले जनाएकाे छ।
यस्तो छ नेपाल टेलिकमकाे IVR बाट रिचार्ज गर्ने नयाँ तरिका
यस्तो छ नेपाल टेलिकमकाे IVR बाट रिचार्ज गर्ने नयाँ तरिका
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु