काठमाडौं । ‘प्रेमगीत ३’ले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ । नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस कमाएको हो । भारतमा फिल्मको हिन्दी संस्करणले दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ । शुक्रबार भारतमा १ करोड १२ लाख र शनिबार ८३ लाख भारु कमाइ भएको छ ।
ओभरसिजमा शुक्रबार १ करोड ६७ लाख भारु कमाएको फिल्मले शनिबार १ करोड २३ लाख रुपैयाँ कमायो । ओभरसिजमा दुई दिनमा फिल्मले २ करोड ९० लाख भारु कमायो । दुई दिनमा ‘प्रेमगीत’को हिन्दी र नेपाली संस्करणले विश्वव्यापी ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको छ । शुक्रबार ४।८४ करोड भारु र शनिबार ३।९५ करोड कमाइ गरेको हो ।
नेपालमा सोमबारदेखि हिन्दी संस्करण पनि रिलिज हुने भए पनि कमाइमा वृद्धि हुने देखिएको छ । आइतबार भारतमा फिल्मको अकुपेन्सीमा वृद्धि भएको जनाइएको छ ।