काठमाडौं । मादी गाँउपालिका-७ काउरेडाँडास्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइपहरु चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-७ थाक बस्ने ३५ वर्षीय रमेश गुरुङ, २६ वर्षीय निरज तामाङ, सोही गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका-१० बस्ने ३४ वर्षीय खरजंग गुरुङ र लम्जुङ मध्यनेपाल नगरपालिका-८ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका-१३ कसेरी बस्ने २३ वर्षीय रिदम भन्ने सुनिल परियार रहेका छन् ।
असोज ५ गते बिहान खानेपानी संस्थानको पाइपहरू चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ग।१ त ५१३७ नम्बरको ट्याक्टरमा उक्त पाइपहरू लोड गरी मादी गाउँपालिका-५ तर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारी उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा दिन ६ म्याद थप गरी यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।