यसरी हुम्ला बाट सुरू गर्यो विप्लप माओवादीले जनसरकारको घोषणा
केन्द्रीय निर्णय भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले हुम्लामा जनसरकार गठनको घोषणा गरेको बताएको छ । जिल्लामा अाफ्नै प्रकारको जनसरकार गठनको सबै प्रक्रिया पुरा गरेर जिल्ला जनसरकार गठन गरेको विप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला सेक्रेटरी संकेतले जानकारी दिएका छन् । आफू अज्ञात स्थलमा रहेको बताएका सेक्रेटरी संकेतले जिल्लामा व्यप्त भ्रष्टाचार, अन्यया र अत्याचार, असमानता र स्थानीय निकायमा भएका अराजकतालाई नियन्त्रर्ण गर्नका लागि आफ्नो पार्टीले जनसरकारको घोषणा गरेको जनाएका छन् । उहाँका अनुसार पार्टीको निर्णय अनुशार केन्द्रिय जनसरको घोषणा यही मंसीर ८ गते हुने समेत उनले दावी गरेका छन् ।