दाङ । दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका – १० निवासी ५५ वर्षीय कल्लु चौधरी गुर्जे खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओलीले जानकारी दिए ।
हिजो दिउँसो करिब १२ बजे खोलाले बगाउँदा बेपत्ता भएका चौधरीको खोजतलास जारी छ ।
प्रहरीले खोजी जारी राखेको भएपनि अहिलेसम्म फेला पार्न सकेको छैन ।