काठमाडौँ । ताप्लेजुङ फुङलिङ नगरपालिका- ४ वीरेन्द्रचोकस्थित अम्मर श्रेष्ठको कञ्चन मनी ट्रान्सफरबाट नगद तथा सुन चोरी गरेको अभियोगमा फिदिम नगरपालिका- १ बस्ने ताप्लेजुङ सिदिङवा गाउँपालिका- ५ घर भएका २७ वर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । असोज १७ बिहान उक्त मनी ट्रान्सफरबाट नगद तथा सुन चोरी गरी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथर र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको संयुक्त प्रहरी टोलीले फालेलुङ गाउँपालिका- ८ बाँसबोटेस्थित खाली घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चोरी गरी फरार रहेका व्यक्ति पक्राउ
चोरी गरी फरार रहेका व्यक्ति पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु