काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई म्याद थपका लागि बिहीबार जिल्ला अदालत, काठमाडौँ लगिँदैछ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।
गत सोमबार मात्रै २० गतेबाट लागू हुने गरी उनलाई ७ दिन म्याद थपिएको थियो। गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो। २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए ।