काठमाडौं । नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी सहितको गठबन्धनले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली प्रवृतिको खरो आलोचना गरेका छन् ।
मंगलबार लललितपुरमा संयुक्त चुनावीसभामा गठबन्धनका शीर्ष नेताहरूले ओलीको अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कमदका विरुद्ध अग्रगनका पक्षपातीहरू एक ठाउँमा उभिएको बताउँदै प्रतिपक्ष गठबन्धनप्रति आक्रोश व्यक्त गरेका थिए ।
चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरे । उनले पूर्वप्रधानमन्त्री ओलीले दुई–दुई पटकसम्म संसद् भंग गरेर संविधान मिच्ने काम गरेको र आवधिक निर्वाचनको चक्रलाई समेत मिच्न खोजेको आरोप लगाउँदै भने– ‘जनताले चुनेको संसद्लाई मनपरी गरेर भंग गर्न मिल्दैन ।
यो–यो अवस्थामा बाहेक संसद् भंग गर्न पाइँदैन भन्ने व्यवस्था हामीले गरेका थियौं । राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गर्ने ओली नै अहिले तीनै जनतामाझ मत माग्न जानु लाजको विषय हो ।’ रातारात राष्ट्रपतिकहाँ जानु आवश्यक नभएको टिप्पणी गर्दै देउवाले भने, ‘त्यही काम बिहान ६र७ बजे गरेको भए पनि हुन्थ्यो । लहडमा भंग गरिदिनुभयो । लहडमा उहाँले के गर्नुहुन्छु, के गर्नुहुन्न के थाहारु’
प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री ओलीले दुई वर्षअघि नै संसद् विघटन गरेर संविधान र लोकतन्त्रलाई मास्ने प्रयास गरेको आरोप लगाउँदै भने– ‘अहिलेको यो संविधान राम्रो संविधान छ, यो संविधान बचाएर सबैले मिलेर देशको विकास गर्नुको विकल्प छैन । अहिले गठबन्धन छ, जहाँ जो उम्मेदवार छ, त्यहीँ भोट हालौँ । जहाँ रूख छ, त्यहाँ हालौं । कलम भए पनि हालौँ, हँसिया हथौडा भए पनि हालौं ।’ अहिले सत्ता गठबन्धन राम्रोसँग चलिरहेको र चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने विश्वास व्यक्त गर्दै उनले गठबन्धनलाई स्थायी लोकतन्त्र, शान्ति र विकासका लागि मतदान गर्न आग्रह गरे ।
सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वमा राजावादी, अलगाववादी र देशलाई विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धन भएको आरोप लगाए । सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने भन्नासाथ प्रतिपक्षीले अपवित्र गठबन्धन गरेको टिप्पणी गर्दै दाहालले भने– ‘केपी ओलीसँगको गठबन्धनमा राजावादीहरू, अलगाववादीहरू, देशलाई विखण्डन गर्न चाहने तत्वहरू र प्रतिगमनकारीहरूको गठबन्धन प्रष्ट देखिएको छ ।’