काठमाडौं । साताको कारोबारको पहिलो दिन शेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसुचक १४ दशमलव ३५ अंकले बढेर १८५८ दशमलव ४९ बिन्दु कायम भएको हो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्सपनि आज २ दशमलव ८८ अंकले वृद्धि भएर ३६५ दशमलव ९३ विन्दुमा पुगेको छ।
नेप्सेको अनुसार २२१ कम्पनीको ५१ करोड ६८ लाख ३ हजार ४८४ रुपैयाँ बराबरको १५ लाख ३८ हजार ४२ कित्ता शेयर खरिद विक्रि भएको हो ।