काठमाडौँ । भाइटीका लगाउन दिदी-बहिनी तथा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ला रहने भएको छ ।
बर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने उक्त मन्दिर आज पनि खुल्ने भएको हो । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा तथा दर्शन गरी टीका लगाउने गर्दछन् ।
काठमाडौँ महानगरपालिकाका अनुसार बिहीबार बिहानैदेखि उक्त मन्दिर भक्तजनका लागि खुला गरिएको हो ।