काठमाडौँ । यती डिस्टिलरी प्रालिका उत्पादनहरूले मदिराको विश्वस्तरीय प्रतिस्पर्धामा उत्कृष्ट साबित भई दुईवटा अन्तर्राष्ट्रिय मेडल प्राप्त गरेका छन् । यतीका उत्पादन ८८४८ भोड्का र ओल्ड दरबार ब्ल्याक चिम्नी ह्विस्कीले अमेरिकाको सान फ्रान्सिस्को वल्र्ड स्पिरिट प्रतिस्पर्धा ९एसएफडब्लुएससी० २०२२ मा गोल्ड र डबल गोल्ड पुरस्कार जितेका हुन् ।
यो प्रतिस्पर्धा संसारभरका पाँच हजार मदिरा ब्रान्डबीच भएको थियो । यती डिस्टिलरीका अनुसार ८८४८ भोड्काले गोल्ड मेडल र ओल्ड दरबार ब्ल्याक चिम्नी ब्लेन्डेड रिजर्भ ह्विस्कीले डबल गोल्ड मेडल जितेको हो । हालसम्मकै सबैभन्दा बढी प्रतिस्पर्धीहरूको सहभागिता रहेको वर्ल्ड स्पिरिट प्रतिस्पर्धामा यती डिस्टिलरीका यी उत्पादनहरू उत्कृष्ट साबित भई मेडल जितेका हुन् ।
एसएफडब्लुएससीका अनुसार यो प्रतिस्पर्धामा गोल्ड मेडल प्राप्त गर्नुको अर्थ ‘उपलब्धिको उच्चतम बिन्दु नजिकै पुगेको असाधारण मदिरा’ भन्ने हुन्छ । डबल गोल्डको अर्थ ‘विश्वका अत्युत्तम उत्पादनमध्येको एक’ भन्ने हुन्छ। प्रतिस्पर्धाका सहभागीलाई पूर्वनिर्धारित मापदण्डका आधारमा कास्य ९ब्रोन्ज०, रजत (सिल्भर), स्वर्ण (गोल्ड), दोहोरो स्वर्ण (डबल गोल्ड) र प्लेटिनम मेडल दिइने आयोजकको भनाइ छ ।
विजेता छनोटका लागि विश्वभरबाट जम्मा भएका ७० निर्णायकहरूले गत अप्रिलमा दुई हप्ता समय लगाएर पाँच हजार कम्पनीका मदिराहरूको मूल्यांकन गरेका थिए ।
सन् २००० देखि सुरू भएको सान फ्रान्सिस्को वर्ल्ड स्पिरिट प्रतिस्पर्धा उत्तर अमेरिकाको सबैभन्दा पुरानो र ठूलो मदिरा प्रतिस्पर्धा भएको बताइएको छ ।