काठमाडौँ । तिहार बिदापछिको पहिलो कारोबार दिन आज सोमबार नेप्सेले उकालो यात्रा तय गरेको छ । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ । नेप्से ०.८८ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ४.९३ अंकले बढेर ३७०.८६ विन्दुमा पुगेको छ ।
कूल २२४ वटा कम्पनीको २५ लाख ७४ हजार ९ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ६९ करोड ७३ लाख १७ हजार ६ सय ११ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएको १३ उपसमूहमध्ये विकास बैंकबाहेक बाँकी सबै उपसमूह उकालो लागेका छन् ।
आज एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोड १७ लाख २१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । यस्तै, सोमबार सयपत्री हाइड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय १३ रूपैयाँ ५० पैसा पुगेको छ ।
त्यसैगरी, यस दिन अपर हेवाखोलाको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ८.१६ प्रतिशतले घटेर ३ सय ३९ रूपैयाँ ८० पैसामा झरेको छ ।