२३ कात्तिक, २०७९, काठमाडौँ : श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ विकासका लागि वाम गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट अछाम जिल्ला प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका मन्त्री कुँवरले अहिलेको गठबन्धन नै देशको समृद्धिका लागि बनेकाले सबै मतदाताले गठबन्धनका उम्मेदवाहरुलाई मत दिएर जिताउन अनुरोध गरेका हुन् ।
अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ७ को नन्देगडा र वडा नम्बर ६ को शोडसामा भएको चुनावी सभामा बोल्दै उनले जिल्लाको चौतर्फी विकासका लागि आफू सधै प्रतिबद्ध भएर लाग्ने बताएका छन् । साथै उनले ग्रामीण क्षेत्रको विकास नै देशको विकास भएकोले गाउँघरको विकासका लागि विशेश जोड् दिने बताए । उनले भने, ‘गाउँको विकासमा लागि निरन्तर खट्ने छु । यसका लागि गठबन्धनलाई जिताउँनुहोस् । मेरो काम भनेको अछाम जिल्लाको चौतर्फी विकास गर्नु हो । तपाईँ गठबन्धनलाई भोट दिनुहोस्, हामी जिल्लाको समस्यालाई बुझेर काम गर्ने छौं ।’
जिल्लाको स्वास्थ,शिक्षा,सडक,संचार सरसफाइ र खानेपानीको क्षेत्रमा आफ्नो पहलमा भए गरेका बिकासको स्मरण गराउदै मन्त्री कुँवरले सुखी र समृद्ध अछामको सपना पूरा गराउन साझा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलार्इ जिताउन सबै मतदातालाई आग्रह समेत गरेका छन् । मेल्लेख गाउँ पालिका वडा नम्बर ७ को नन्देगडा र वडा नम्बर ६ शोडसामा भएको चुनावी सभामा बोल्दै नेपाली काग्रेशका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गोबिन्दबहादुर शाहले सबै पार्टीका नेता कार्यकर्ता इमान्दार भएर गठबन्धनका उम्मेदवारलाई विजय गराउन पहल गर्नु पर्ने बताए