काठमाडौं । खोटाङमा प्रतिनिधिसभातर्फ नेकपा ९माओवादी केन्द्र० का उमेदवार रामकुमार राई निर्वाचित भएका छन् ।
उनले एमालेका विशाल भट्टराईलाई २६६९ मतान्तरसहित पराजित गरेका हुन् ।
निर्वाचित राईले ३१३५१ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी भट्टराईले २८६८५ मत ल्याएका छन् ।
यो क्षेत्रमा निर्वाचित राई सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।