पाँचथर । पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित हुनुभएको छ । गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बेलाई पराजित गर्दै नेम्वाङ निर्वाचित हुनुभएको हो ।
नेम्वाङले आङ्देम्बेलाई ४७ मत अन्तरले पराजित गर्नुभएको हो । नेम्वाङले ३२ हजार १ सय १०।मत प्राप्त गर्दा आङ्देम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ ।
नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८, २०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेम्बाङले २०७४ सालमा पनि आङ्देम्बेलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
जिल्लामा प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र मात्र रहेको छ । जिल्लाको प्रदेश सभा ९क० सत्ता गठबन्धनका कमलकुमार जवेगर र ९ख० पनि गठबन्धनकै ईन्द्रबहादुर आङ्बो निर्वाचित हुनुभएको छ।