काठमाडौं । मंसिर ४ गते सम्पन्न निर्वाचनको मतपरिणाम करिब(करिब आइसकेको छ । परिणाम आएसँगै सत्ता गठबन्धनका नेताहरु सरकार गठनको गृहकार्यमा सक्रिय भएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्नो नेतृत्वमा सरकार गठनको लागि पहलकदमी लिएका छन् ।
उनले आज विहानमात्रै नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । उक्त भेटमा पौडेलले आफूलाई प्रधानमन्त्री बनाउनको लागि नेपालसँग प्रस्तावब राखेका थिए । त्यसमा नेपालले सकारात्मक जवाफ दिएको बताईएको छ ।
नेपालले गठबन्धन बनाउनको लागि सबैभन्दा बढि मेहनत गरेको भन्दै अब प्रधानमन्त्रीमा पौडेल नै हकदार भएको बताएका थिए । यसअघि पौडेलले नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरिसकेका छन् ।
दाहाल पनि पौडेललाई प्रधानमन्त्री बनाउन सकारात्मक रहेको पौडेलको सचिवालयको दाबी छ । उता, आजै प्रचण्ड र माधव नेपाल दुवै नेताले प्रधानमन्त्री शेरहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । बालुवाटारमा भएको छलफलमा देउवाले दुवै नेतासँग सरकार निर्माणको बारेमा चासो राखेको बुझिएको छ ।