बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–६ दुदिलाखानमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
दुर्घटनामा बझाङ केदारस्युँ गाउँपालिका–५ गौराडीका जिप धनबहादुर गुर्धामी, बझाङकै बुंगल नगरपालिका–९ की नरपति पातली, सोही ठाउँकी काली पातली र नरमा पातली रहेका छन् ।
घाइतेमध्ये नरपति र कालीको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । घाइते सबैलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
बझाङबाट डडेल्धुरा जाँदै गरेको से१ज १२२६ नम्बरको जिप आज बिहान ८ बजेतिर सडकबाट करिब १०० मिटर तल खसेको हो । जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।