काठमाडौं । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको छ ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ तोकिएको छ । तेजाबी सुनको मूल्य शुक्रबार ९९ हजार ४ सय रुपैयाँ थियो ।