धनगढी। कैलालीको अत्तरियामा गोली चलेको छ । आइतबार साँझ अत्तरियाको पूर्वरोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै अज्ञात समूहले गोली चलाएको प्रहरीले जनाएको छ ।
अत्तरियाको पूर्व रोडमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ । गोली लागेर दुई जना घाइते भएको र अस्पताल भर्ना गरिएको छ । गोली चलाउने समूहको खोजीकार्य सुरु भएको प्रहरीले जनाएको छ ।