काठमाडौँ । देशभर चिसो क्रमशः बढ्दै गएको छ । चिसोसँगै तापक्रम घट्दो क्रममा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४।८ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो । काठमाडौंको हिजो बिहानको न्यूनतम तापक्रम ६।५ डिग्री सेल्सियस थियो ।
यसअघि, गएको मंसिर २६ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम ५।४ डिग्री सेल्सियस थियो । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६।५ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ६।१ डिग्री सेल्सियस थियो ।
महाशाखाका अनुसार आज वीरेन्द्रनगरको न्यूनतम तापक्रम २।९, भैरहवाको ३, डडेलधुराको ३।१, दिपायलको ४।५, ताप्लेजुङको ५।७, धनगढीको ६।२, ओखलढुंगाको न्यूनतम तापक्रम ६।६ डिग्री सेल्सियस छ ।
महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।