काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडको ५ औ बार्षिक साधारणसभा आज पुस १० गते होटल हार्दिक, बागबजार काठमाडौँमा बिहान ११ः३० बजेदेखि सुरु हुने छ । सभामा अध्यक्षको आर्थिक वर्ष २०७८ र ७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९ र ८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
सभाबाट नयाँ सञ्चालकहरुको चयन समेत हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा भने गरेको छैन । कम्पनीले साधारणसभा प्रयोजनको लागि मंशिर २५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार मंशिर २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।