काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बालकोट गठबन्धन तयार भएको छ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन सबै दल तयार भएका हुन् ।
योसँगै नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर शीतलनिवास जान लागेको बताएका छन् ।
प्रचण्ड प्रधानमन्त्री बन्ने हो ? भन्ने प्रश्नमा महासचिव गुरुङले भने – ‘हो । अब हामी प्रस्ताव लिएर राष्ट्रपति भेट्न शीतलनिवास जाँदै छौँ ।’