काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन्।
ललितपुरको हात्तीवनस्थित प्रचण्डको एक नातेदारको निवासमा जारी भेटवार्तामा नेपाल र यादवलाई सरकारमा आउन प्रचण्डले आग्रह गरेका छन् ।
गठबन्धनलाई धोका दिई अर्कैसँग साँठगाँठमा प्रधानमन्त्री बनेको माधवकुमार नेपालको गुनासोपछि प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादीलाई सरकारमा समेट्न सम्बाद सुरु गरेका हुन् । संसद अधिवेशन सुरु भएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार छलफल भईरहेको स्रोतले जनाएको छ ।
प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा समर्थन गर्ने सात दलीय गठबन्धनमा जसपा पनि रहेको छ। यद्यपि जसपाले समर्थन गरेपनि तत्काल सरकारमा जाने निर्णय भने गरेको छैन।
जसपाले सरकारमा सहभागी हुनेरनहुने विषयमा छलफल गर्न पुस १८ र १९ गते बैठक बोलाएको छ। सोही बैठकले सरकारमा जाने वा नजाने भन्नेबारे निर्णय गर्नेछ। जसपाले आज संसदीय दलको नेता चयन गर्दैछ।