काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रूपमा राहदानी जारी गर्ने विषयमा पहल गर्ने आश्वासन दिएका छन् ।
बुधवार दिउँसो अनुगमनका लागि त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका गृहमन्त्री लामिछानेले सेवाग्राहीहरूको गुनासो सुनेपछि जिल्लाबाटै सहज रूपमा राहदानी जारीका लागि सरकारले पहल गर्ने बताएका हुन् ।
सरकारले राहदानी र सवारी चालक अनुमतिपत्रमा रहेको लाइन हटाउने पहिलो निर्णय गरेको छ । त्यहि निर्णय कार्यान्वयनका लागि गृहमन्त्री लामिछाने राहदानी विभाग पुगेका हुन् ।
सेवाग्राहीहरूले गुनासो राखेपछि सहज रूपमा राहदानी जारी गर्ने प्रबन्ध मिलाउन प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन दिने भन्दै उनी त्यहाँबाट बाहिरिएका थिए ।