कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालकाको वडा नम्बर ६ टाउन बजारमा बुधबार बिहान दुर्घटना भएको हो ।
से ५ प ७१०१ नम्बरको मोटरसाइकल दुर्घटनामा ३० वर्षीय दिपकबहादुर श्रीमालको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमाल पुनर्वास नगरपालिका ५ का कार्यालय सहयोगी हुन् ।