धनगढी । भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना भएको छ । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा ४ जना नेपालीको ज्यान गएको छ ।
टीकापुरका स्थानीय भुपेन्द्र साउँदका अनुसार टीकापुर नगरपालिका वडा नं १ का चन्द्रबहादुर साउँदको दुर्घटनामा परेर ज्यान गएको छ ।
उनका अनुसार मृतक साउँदका परिवारका अन्य सदस्यहरू समेत सोही बसमा यात्रारत थिए । मृत्यु हुने अन्य कसैको पनि सनाखत हुन सकेको छैन । तर ठुलो संख्यामा नेपालीको मृत्यु भएको बुझिएको उनले बताए ।
दुई बस एकआपसमा ठोकिँदा दुर्घटना भएको र सो बसमा अधिकांस टीकापुरका स्थानीय रहेको बुझिएको छ ।