काठमाडौँ । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएकी छन् । रानाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्नेछिन् ।प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित भएकी राना समाज सेवामा क्रियाशील रहेकी थिइन् ।
उनी राजनीतिमा आएको छोटो समयमै प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुख बनेकी हुन् । मत विभाजन गराउँदा रानामगरको पक्षमा १ सय ६६ र विपक्षमा ९७ मत परेको थियो । एक सांसद भने तटस्थ बसेका थिए । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित देउनिया बस्तीकी रानामगर समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन् ।