काठमाडौं । आज सोमबार सुनको मूल्य बढेको छ । आइतबार तोलाको १ लाख ५ हजारमा कारोबार भएको भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजाबी सुनको मूल्यपनि आज तोलामा ३ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुन व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ९० हजार २ सय ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८९ हजार ८ सय ५० रुपैयाँ कायम गरेको छ।