काठमाडौँ । साताको चौँथो कारोबार दिन बुधाबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन मंगलबार बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने घटेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ।
यता, मंगलबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो।