एजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्री छन्, जसले साधारण स्टाइलले दर्शकको मनमा बस्न सफल भए । यी नायिकाको अभिनयलाई दर्शकले अझै सम्झन्छन् । चलचित्रमा काम गर्दा जति खुसी अभिनेत्रीले पाइन्, व्यक्तिगत जीवनमा त्यति पाउन सकिनन् वा भन्नुपर्दा प्रेममा उनको भाग्य त्यति राम्रो थिएन ।
यस्तै एक नायिकाको बारेमा आज हामी कुरा गर्न गइरहेका छौं । जसले बलिउडका ठूला निर्देशकसँग विवाह गरिन तर सफल हुन सकेन । त्यसपछि उनी फेरि एक पटक प्रेममा परिन् तर यस पटक एउटा अप्रिय घटनाले उनीहरुबाट सबै कुरा खोस्यो ।
धेरै सस्पेन्स नराखी, हामी सुन्दर अभिनेत्री दीप्ती नवलको कुरा गर्दैछौं । दीप्तीको जन्म ३ फेब्रुअरी १९५२ मा अमृतसरमा भएको थियो तर बुबाले न्यूयोर्कमा जागिर पाएपछि उनी त्यहाँ सरिन् । त्यहाँ रहँदा उनले आफ्नो पढाइ पूरा गरिन् । दीप्ती अभिनयसँगै निर्देशन, लेखन र सामाजिक कार्यमा संलग्न छिन् ।
वैवाहिक जीवनबाट चाहेको सुख प्राप्त भएन
दीप्ती नवलले सन् १९७८ मा श्याम बेनेगलको फिल्म ‘जुनून’बाट अभिनय जगतमा प्रवेश गरेकी थिइन् । त्यसपछि उनले धेरै किसिमका फिल्म गरिन् र विशेष गरी जीवनसँग नजिकको पात्र निभाएकी थिइन् । पर्सनल लाइफको कुरा गर्ने हो भने कमैलाई थाहा छ कि दीप्तीले सन् १९८५ मा फिल्ममेकर प्रकाश झासँग विवाह गरेकी थिइन् ।
कामको सिलसिलामा दुवैको भेट भएको थियो र समयसँगै दुवैले एकअर्कालाई मन पराउन थाले । दुबैले एक छोरीलाई धर्मपुत्री लिएका थिए, जसको नाम दिशा झा हो । तर आफ्नो कामको सिलसिलामा प्रकाश दिल्ली र दिप्ती मुम्बईमा बस्न थालेका थिए । समय संगै दुबै बिचको दुरी बढ्दै गयो र दुबैले आफ्नो बाटो फरक भएको महसुस गरे । सन् २००२ मा दुवैले अलग हुने निर्णय गरेका थिए ।
सह-अभिनेताको रूपमा दोस्रो प्रेम
प्रकाशसँग छुट्टिएपछि दिप्तीको जीवनमा फेरि प्रेम प्रवेश भयो । टिभी सिरियल ‘थोडा आस्मान’को समयमा, उनको भेट अभिनेता विनोद पंडितसँग भयो, जो पंडित जसराजका भतिजा थिए । काम गर्दागर्दै दिप्तीले विनोद र उनको सम्बन्ध राम्रो भएको महसुस गरिन् ।
उनले उनलाई मन पराउन थालिन् र विनोदले पनि दिप्तिमा उनको माया पाए । तर दीप्ती माथि दुःखको पहाड खसेको थियो जब विनोदलाई क्यान्सरले सताएको थियो र उनको दुःखद निधन भयो । मृत्युपछि दिप्ति अहिले एक्लै जीवनमा रंग भर्ने प्रयासमा छिन् ।